सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपः तोरण विक्रम शीर्ष स्थानमा कायमै

फाल्गुन १५, २०८१ | काठमाडौं

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही शीर्षस्थानमा कायमै छन् ।

 आजको स्पर्धामा २ अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३ अन्डर २ सय ३ स्कोरसहित शीर्षस्थानमा छन् । उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४ अन्डर ६८ सहित समग्रमा १२ अन्डर २ सय ४ को स्कोरमा निरज दोस्रो स्थानमा छन् । 

अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए । एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६ अन्डर ६६ को सानदार प्रदर्शन गरे । समग्रमा ६ अन्डर २ सय १० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे । 


प्रतिक्रिया