थाइल्याण्डद्वारा उईघुर समूदायका ४० जना निस्काशीत

फाल्गुन १५, २०८१ | काठमाडौं
चिनको अल्पसंख्यक उईघुर समूदायका ४० जनालाई थाइल्याण्डले निस्काशन गरेको छ ।
निस्काशीत गरिएका सो समूदायका उनीहरुलाई बैंककको डिटेन्सन सेन्टरमा १० वर्ष हिरासतमा राखेपछि आज चीनको सिनजियाङ क्षेत्रमा फर्काइएको हो । सन् २०१५ यता थाइल्याण्डले उइघुर समूदायका उनीहरुलाई पहिलो पटक देश निकाला गरेको बताइएको छ ।
अधिकारकर्मीहरुको चेतावनीकाबीच सो समूहलाई चीन फिर्ता गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । निस्काशनमा परेका उनीहले विभिन्न यातना र मृत्युको सामना गर्नुपर्ने सम्भावना रहेको बताइएको छ ।
यता चीनले भने थाइल्याण्डबाट निस्काशीत भएका ४० आप्रवासीलाई स्वदेश फिर्ता गरिएको जनाए पनि सो समूह उईघुर नै भएको भन्ने बारेमा भने पुष्टि गर्न अस्वीकार गरेको छ ।