फागुन १८ देखि जसपाको केन्द्रीय समिति बैठक बस्ने

फाल्गुन १५, २०८१ | काठमाडौं

समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।

 जसपाले आगामी साता बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक फागुन १८ गतेदेखि तीन दिन बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पछिल्लो ६ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल नामक अभियानको समीक्षा हुनेछ ।

 जसपाको अभियान गत माघमा सकिएको थियो । बैठकले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजना लगायतमा आवश्यक निर्णय गर्ने सुमनको भनाई छ । त्यस्तै आगामी चैत अन्तिममा गर्ने भनिएका भ्रातृ संगठन र स्थानीय कमिटीको अधिवेशनको विषय पनि छलफलको एजेण्डा बनाइएको छ । 


प्रतिक्रिया