विराट गोल्डकपमा आर्मी र मोरङ–११ बीच प्रतिस्पर्धा हुने

फाल्गुन २१, २०८१ | विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको खेल आजबाट सुरु हुने भएको छ । पहिलो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले रिजालको मोरङ–११ सँग प्रतिस्पर्धा गर्नेछ । 

विराटनगरको शहिद रंगशालामा आर्मी र मोरङ–११ साँझ साढे ६ बजे आमनेसामने हुनेछन् । दुबै टोली अन्तिम चारमा स्थान बनाउने लक्ष्यमा हुनेछ । यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफ क्लबले पाहुना टोली दिल्ली फुटबल क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ । 

एपीएफले दिल्ली फुटबल क्लबलाई टाईब्रेकरमा ५–३ गोलले हराएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरवाट निर्णय भएको थियो ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ । 


प्रतिक्रिया