आगामी सेप्टेम्बरमा नेपाल र वेस्ट इन्डिजबीच ३ खेलको टी–२० सिरिज हुने

जेष्ठ २९, २०८२ | काठमाडौं
नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय सिरिज आगामी सेप्टेम्बरमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।
खेल सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने भएपनि आयोजक भने नेपाल नै रहेको छ ।
कीर्तिुिरस्थित त्रिवि क्रिकेट मैदान निर्माणाधीन अवस्थामा रहेकाले खेल शारजाहमा हुन लागेको हो । यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी–२० सिरिज खेलेको थियो ।