टी–ट्वान्टी विश्वकपः एसियाली छनोटमा नेपाल र कुवेत एकै समूहमा

असार २६, २०८२ | काठमाडौं

टी–ट्वान्टी विश्वकप क्रिकेट एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले आज सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान रहेका छन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् । विश्वकप एसिया तथा पूर्वी एसिया छनोट अक्टोबर १० देखि १७ सम्म ओमानमा आयोजना हुनेछ ।

 आइसीसीका अनुसार समूह चरणको खेल अक्टोवर ८ देखि १० सम्म तथा सुपर सिक्सको खेल अक्टोवर १२ देखि १७ सम्म आयोजना हुनेछ । 


प्रतिक्रिया