राष्ट्रिय खेलकुद समयमै गर्न प्रधानमन्त्री ओलीको निर्देशन

असार २६, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमै आयोजना हुने भन्दै त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्थापना गरिएको नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोट्र्स साइन्स रिसर्च सेन्टरको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग एनपीएलको तयारी तीव्र बनाउन समेत निर्देशन दिनुभयो । एनपीएललाई भव्य बनाउनुपर्ने उहाँको भनाइ छ ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपीएल रोक्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो । 


प्रतिक्रिया