कांग्रेसमा विधान विपरित नेता कार्यकतामाथि कारबाही भयोः शेखर समूह

असार २६, २०८२ | काठमाडौं

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता कार्यकर्तालाई अन्याय हुन नदिने जनाएको छ । 

नेता कोइरालाको सचिवालयमा बिहान बसको सो समूहको बैठकले समितिले बिधान बिपरित कारबाही गरिएको भन्दै पार्टीका नेता कार्यकर्तालाई अन्यायमा पर्न नदिने निष्कर्ष निकालेको हो ।

 बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए । बैठकले सभापति शेरबहादुर देउवालाई अनुशासन समितिले गरेको कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निर्णय गरेको कोइरालाको सचिवालयले जनाएको छ । सभापतिले आग्रह नमाने एकतर्फी कारबाही उलंघन गर्दै शसक्त प्रतिरोध गर्ने कोइराला समूहको तयारी छ । 

बैठकमा उपसभापति गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीबीच कारबाहीको प्रक्रिया अघि नबढाउने सहमति भएको जानकारी गराउदै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमा छलफल नगरी एक्कासि बिज्ञप्ती निकालेर कारबाही गरिएको बताउनु भएको थियो । अनुशासन समितिले दर्जन बढी नेतालाई अनुशासनको कारबाही गरेपछि कोइराला समूह आक्रोशित भएको हो । 


प्रतिक्रिया