एनपीएल सिजन टुः काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देशाई

असार २६, २०८२ | काठमाडौं
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ ।
काठमाडौं गोर्खाजले आज समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिजनका लागि प्रशिक्षका रुपमा देशलाई नियुक्त गरिएको जनाएको हो । यसअघि भएको पहिलो संस्करणको एनपीएल हुँदा नजिकबाट खेल नियालेका देशाई दोस्रो संस्रकणका लागि गोर्खाजले प्रशिक्षक बनाएको हो ।
नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा मोन्टीले २०२३ को फेब्रुअरीदेखि २ वर्ष काम गरेका थिए । मोन्टीकै प्रशिक्षणमा नेपालले विश्वकप लिग–२ का १२ खेलमा ११ खेल जितेको थियो ।
सो क्रममा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी–२० विश्वकप समेत खेलेको थियो ।