साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगालदेशलाई

श्रावण ५, २०८२

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगालदेशले उचालेको छ । बंगलादेशले नेपाललाई ४— ० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । नेपाल र घरेलु टोली बंगलादेशबीचको खेल बसुन्धरा किङ्स एरेनामा भएको खेलमा बंगलादेशले नेपाललाई ४— ० गोल अन्तरले पराजित गरेको हो । 

नेपाल फेरि एकपटक साफ महिला अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ । यो संगै बंगलादेश पाँचौ पटक च्याम्पियन बनेको हो । नेपालको कमजोर डिफेन्ससामु सागोरिका एक्लैले बंगलादेशका लागि चार गोल गरिन् । बंगलादेशसँगको पहिलो खेलमा नेपाल तीन– दुई गोलले पराजित गरेको थियो। यसअघि नेपाल सन् २०१८ र २०२३ को फाइनलमा पुगेर बंगलादेशसँग पराजित भएको थियो । यता बंगलादेश पाँचौ पटक यो उमेर समूहको साफको च्याम्पियन बनेको छ । साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप भारतले दुई पटक जितेको छ ।


प्रतिक्रिया