ताप्लेजुङ गोल्डकपको उद्घाटन खेलमा आयोजक क्लब पराजित

श्रावण २४, २०८२ | काठमाडौं

तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबलको उद्घाटन खेलमा सुनसरी इटहरीको द योङ ब्रदर्श क्लब विजयी भएको छ ।

 ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा भएको खेलमा द योङ ब्रदर्शले आयोजकको टिम तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको योङ ब्रदर्शले दोस्रो हाफमा पुनरागमन गर्दै २–१ गोलको नतिजा निकालेको हो ।

 ब्रदर्शले ६९ औं र ७४ औं मिनेटमा गोल गरेको थियो । प्रतियोगिता अन्तर्गत भोलि सहारा क्लब पोखरा र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । भोलि नै हुने अर्को खेलमा सिलगुढीको लिजेन्ड फुटबल एकेडेमी र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया