मैत्रीपूर्ण फुटवलः नेपाल र बंगलादेश खेल्दै

रेडियो कान्तिपुर संवाददाता

भाद्र २१, २०८२ | काठमाडौं

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण हुने ठानिएको छ । नेपाली टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशको टोली राम्रो भएकाले त्यही अनुसारको रणनीति बनाइएको बताएका छन् । एन्फाका अनुसार दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिने एन्फाले जनाएको छ । 


प्रतिक्रिया