संघीय सरकारमा तत्कालल मन्त्री परिवर्तन हुँदैनः कांग्रेस सभापति देउवा

भाद्र २१, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारमा अहिले मन्त्री परिवर्तन नहुने बaताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर गर्ने तयारी गरेको भन्ने चर्चा चलिरहेका बेला सत्तारुढ कांग्रेस सभापति देउवाले मन्त्री परिवर्तन नहुने बताउनुभएको हो ।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मन्त्री फेर्ने कुनै योजना नभएको बताउनुभयो । अर्को प्रसंगमा उहाँले संविधान संशोधनका लागि दलहरुवीच सहमति नभएसम्म प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभयो । यसैबीच, समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादनको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया