भारतले जित्यो एसिया कपको उपाधि लगातार दोस्रो पटक

आश्विन १३, २०८२ | काठमाडौं
भारतले एसिया कप क्रिकेटको उपाधि लगातार दोस्रो पटक जितेको छ । सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराएको भारतले यसपटक चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जितेको हो ।
गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यससँगै भारत एसियाकपमा नवौंपटक च्याम्पियन बनेको छ ।
भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।
यसअघि इन्डियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।
पाकिस्तानका लागि सहिबजादा फरहानले ५७ रनको अर्धशतकीय पारी खेलेपनि त्यो जितका लागि पर्याप्त भएन ।
भारतले यसअघि सन् १९८४, १९८८, १९९०, १९९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३० मा एसिया कप उपाधि जितेको थियो । पाकिस्तानले सन् २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।