इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम र एर्भटनबीच बराबरी

आश्विन १४, २०८२ | काठमाडौं
वेस्टह्यामले इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा एर्भटनसँग १–१ गोलको बराबरी खेलेको छ ।
गएराति भएको खेलमा एर्भटनले १८ औं मिनेटमा माइकल केनको गोलसँगै अग्रता लिएको थियो ।
जारोड बोवेले ६५ औं मिनेटमा वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए र आफ्नो टिमलाई एक अंक दिलाए ।
यो नतिजापछि एर्भटन आठ अंकमा आठौं स्थानमा रह्यो ।
वेस्टह्याम भने अझै रेलिगेसन क्षेत्रमै रहेको छ । उ छ खेलबाट चार अंकसहित १९ औं स्थानमा रहेको छ ।
यो सिजन वेस्ट ह्यामले खेलेका सात खेलमध्ये हारबाट जोगिएको यो दोस्रो अवसर मात्र हो ।