नेपालले वेष्ट इन्डिजसँग टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेल आज खेल्दै

आश्विन १३, २०८२ | काठमाडौं

वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ ।

संयुक्त अरब इमिरेट्स यूएईको शारजाहस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो ।

नेपाल आजको खेल पनि जितेर एक खेल अगावै सिरिज जित्ने योजना सहित मैदान उत्रने छ ।

सिरिज अन्तर्गतको अन्तिम खेल भोलि हुनेछ ।


प्रतिक्रिया