काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित
कार्तिक ७, २०८२ | काठमाडौं
नेपालले बंगलादेशमा जारी काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले माल्दिभ्सलाई २५–२१, २५–२३, २५–१८ ले पराजित गर्यो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।
जितसँगै नेपालले तीन खेलबाट ४ अंक मात्र जोडेको छ । नेपालले पर्सी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा हराएर लगातार तेस्रो जित हात पारेको छ ।









