झापा महिला गोल्डकप : पहिलो सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

कार्तिक २१, २०८२ | काठमाडौं

झापामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

शिवसताक्षीस्थित दुधे रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिसले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

संकटाले घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

आजको खेलको विजेताले फाइनलमा विभागीय टोली एपिएफ एफसी वा त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया