हङकङ सुपर सिक्सेस आजबाट, नेपालले पहिलो खेल अफगानीस्तानसँग खेल्दै

कार्तिक २१, २०८२ | काठमाडौं

हङकङमा आजबाट हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खेल मोङकोकस्थित मिसन रोड ग्राउण्डमा जारी छ ।

नेपालको कप्तानी शरद भेषावकरले सम्हालेका छन् ।

नेपाली टोलीमा शरदसँगै सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान समावेश छन् ।

६ ओभरको क्रिकेट प्रतियोगितामा हरेक टोलीमा ६ जना खेलाडी रहनेछन् । 

प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान र दक्षिण अफ्रिका छन् ।

समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत तथा समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र आयोजक हङकङ रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भोली दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।


प्रतिक्रिया