राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
कार्तिक २१, २०८२ | काठमाडौं
विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
डेढ महिना लामो भ्रमण सकेर गएराति नेपाल आईपुगेको राष्ट्रिय टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विश्वकप छनोट तथा संयुक्त अरब इमिरेट्स यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको थियो ।
यस्तै, ओमानमा टी–२० विश्वकप छनोटको उपाधि हात पा¥यो ।
यूएईमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतका खेलहरुमा भने नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।
राष्ट्रिय टोलीका खेलाडीहरु अब आगामी मंसिर १ गतेबाट हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तयारीमा जुट्ने छन् ।









