काभा महिला भलिबल लिगमा नेपाल पुलिसको विजयी सुरुवात
माघ २२, २०८२ | काठमाडौं
माल्दिभ्समा जारी काभा महिला भलिबल लिगमा नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । मालेस्थित सोसल सेन्टर इन्डोर हलमा भएको खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–१ को सेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
साविक विजेता समेत रहेको पुलिसले ३०–२८, २१–२५,२५–२१,२५–२३ ले हराएको हो । प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपालको पुलिस क्लब र माल्दिभ्स, उज्बेकिस्तान र इरानको क्लब छन् । पुलिसले भोलि इरानको फुलाड एमएससँग खेल्नेछ ।










