चुनावमा कसैसँग गठबन्धन नगर्ने नेपाली कांग्रेसको अडान
माघ २२, २०८२ | काठमाडौं
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नहुने बताएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता देवराज चालिसेले चुनावमा कसैसँग पनि तालमेल नहुने बताउनुभएको हो ।
चुनावलाई कांग्रेसको आन्तरिक बिषयले असर नपार्ने प्रवक्ता चालिसेको भनाइ छ । फागुन ४ गतेदेखि सबै नेताहरु चुनावी प्रचारमा सहभागी हुने बताउनुभयो ।पूर्व सभापति शेरवहादुर देउवा पक्षका नेताहरुले चुनावी प्रचारलाई महत्व नदिएको चर्चा भइरहँदा कांग्रेसका प्रवक्ताको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।










