विषादीयुक्त फल सेवनबाट बाँकेमा दुई जनाको मृत्यु

भाद्र २८, २०७७ | नेपालगञ्ज

कन्डाइ नामक विषादीयुक्त फल सेवन गर्दा बाँकेमा दुई जनाको मृत्यु भएको छ । श्रीमतीसँगको सामान्य विवादमा कन्डाइ नामक फल खाएका कोठारपुरका २३ वर्षीय शोभाराम बढैको मृत्यु भएको हो । 

कन्डाइ नामक फल विषादी भएको जान्दाजान्दै पनि शोभारामले सो फल खाएको प्रहरीले जनाएको छ । शनिबार सो फल खाएर उनी गम्भीर बिरामी भएका थिए । आइतबार बिहान तीन बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रमामा उनको मृत्यु भएको थियो ।

यस्तै, सोही फल खाएर नेपालगञ्ज परसपुरका २३ वर्षीय शत्रुहन रैदासको पनि मृत्यु भएको छ । शनिबार दिउँसो नटनपुरुवास्थित ससुरालीमा श्रीमती लिन गएका उनलाई ससुराली पक्षले कुटपिट गर्नुका साथै पानीमा घोलेर कन्डाइ नामक फलको रस खुवाएको प्रहरीले जनाएको छ ।

उनको नेपालगञ्ज मेडिकल कलेजमा आइबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको थियो । प्रहरीले ससुरा सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय बाँकेका प्रहरी प्रवक्ता सुवास खडकाले बताउनुभयो । 


प्रतिक्रिया