एसियन गेम्समा कुस्तीले जोगाउला त शाख ?

आश्विन ४, २०८० | काठमाडौं

वैदेशिक प्रशिक्षण सकि यसै साता स्वदेश फर्किएका नेपाली राष्ट्रिय कुस्ती खेलाडी एसियन गेम्सको अन्तिम तयारीमा छन् । ललितपुरको सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा कुस्ती खेलाडीको अन्तिम अभ्यास चलिरहेको छ । कुस्तीका महिला खेलाडीले एसियाडमा डेब्यू गर्दा, पुरुषतर्फ एक अनुभवी र अर्का नयाा खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कुस्तीमा महिलातर्फ ५७ केजी तौल समुहमा शिवाङ्गी दुवे र ६२ केजीमा नेपाल आर्मी क्लबकी सुशीला चन्दले नेपालको चुनौती पेश गर्नेछन् । यी दुवै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका रजत पदक विजेता हुन् । १३ औं सागमा स्वर्ण जितेकि संगिता धामी भने व्यक्तिगत कारणले गर्दा एसियाडमा सहभागी भइनन् । संगिता गण्डकी प्रदेशमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि स्वर्ण विजेता हुन् । एसियन गेम्सका लागि उत्साहित रहेको सुशीला बताउँछन् ।

यता पुरुषतर्फ ७४ केजी तौल समुहमा नेपाली सेनाका सुरेश चुनारा र १ सय २५ केजीमा राज यादवले प्रतिस्पर्धा गर्नेछन् । सुरेशसाग अघिल्लो संस्करणको एसियाडको अनुभव हुादा, राजको डेब्यू सहभागीता हो । यी दुवै खेलाडी १३ औं सागको कांस्य पदक विजेता हुन् । वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाएको सुरेश बताउँछिन् ।

एसियन गेम्सकै तयारीका लागि भारत गएका कुस्ती खेलाडी गत सोमबार स्वदेश फर्किएका हुन् । उनीहरुले उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा विदेशी प्रशिक्षकबाट साउन र भदौभर प्रशिक्षण लिए । कुस्ती इतिहासमै खेलाडीले पहिलो पटक वैदेशिक प्रशिक्षण पाएकाले एसियाडमा यो पटक पदकको आशा गरिएको मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी बताउँछन् ।

आठौं सागमा कुस्तीबाट पााच कास्य पदक जितेको नेपालले, १३ औं सागमा एक स्वर्ण, पााच रजत र सात कांस्य गरि कुल १३ पदक जित्न सफल भयो । यो नेपाली कुस्तीको ऐतिहासिक उपलब्धि हो । एसियाडमा कुस्तीका खेलहरु असोज १७ गतेदेखि सुरु हुनेछन् । नेपालबाट चार खेलाडीसहित पााच सदस्सीय टोली यहि असोज १५ गते चीनको हाङझाओ शहर जााने बताइएको छ । नेपालले कुस्तीका चार विधामा स्पर्धा गर्नेछ । 


प्रतिक्रिया