जसपा नेपालको नयाँ कार्यसमितिले यादवलाई ‘एकताको नेता’ बनाउला, की गुट–उपगुटको ?

असार ५, २०८१ | काठमाडौं

 मधेसको राजनीतिका एक प्रमुख पात्र हुन्, उपेन्द्र यादव । उनै यादव आफू नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल विभाजित भएको केही सातापछि प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । १६ वर्षअघि मधेश जनअधिकार फोरमको नेतृत्व गर्दै जसपा नेपालसम्म आइपुुग्दा महाधिवेशनबाट यादवले आफूलाई नेतृत्वमा निरन्तरता दिएका छन् । तर अन्य पदाधिकारी र कार्यसमितिको टुंगो लगाउन सहज नहुँदा यादव दवावमा परेको विश्लेषण भएका छन् । पार्टी विभाजनको मार खेप्दै आकाक्षी व्यवस्थापन गरेर पार्टीलाई अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।

पार्टी फुट र सत्ताबाट बहिगर्मनको प्रतिकुल अवस्थामा प्रथम एकता महाधिवेशन गरेको जनता समाजवादी पार्टी जसपा नेपालले उपेन्द्र यादवलाई अध्यक्षमा सर्वसम्मत चयन ग¥यो । हालै विभाजनको मार खेपेको जसपा नेपालको महाधिवेशनबाट यादव निर्विरोध निर्वाचित हुँदा अन्य पदाधिकारीको चयन भने सहमतिबाट टुुंग्याउने जिम्मा स्वयं यादवले पाएका छन् । पार्टीमा रहने २० पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय समितिले निकट भविष्यमा के यादवलाई एकताकै नेता बनाउला या गुुट–उपगुटको नेता भन्ने प्रश्न उठाएको छ । पार्टी विभाजनले तितरबितर बनेको सांगठानिक संरचना के महाधिवेशनपछि तंग्रिदै जान सक्ला ? भन्ने सवालहरु उत्पन्न भएका छन् ।


२०६३ सालमा मधेशी जनअधिकार फोरमको नेतृत्वबाट राजनीतिमा उदाएका यादवको पछिल्लो विभाजनपछि दवावमा छन् । किनभने २०६५ मा पर्साको वीरगन्जमा सम्पन्न पहिलो महाधिवेशनबाट नेतृत्वमा पुुगेका उनै यादवको दल फोरम हुँदै जसपा नेपालसम्म आइपुुग्दा कैयौपटक टुुटफुट र एकताको अनुुभव संगालिसकेको छ । तैपनि जसपा नेपालको एकता महाधिवेशनले पार्टीलाई बलियो र सशक्त समाजवादी लोकतान्त्रिक शक्ति निर्माण गर्ने नीति लिएको छ ।

अन्तरिम संविधानमा संघीयता उल्लेख नभएको भन्दै मधेश आन्दोलनको अग्रपंक्तिमा रहेर राजनीति सुरु गरेका यादवले राजनीतिमा थुप्रै उतारचढाव झेलेका छन् । विभाजनको विगतलाई फर्केर हेर्ने हो भने, अशोक राईलगायत नेताहरुसंग मिलेर संघीय समाजवादी फोरम बनाउँदा होस् या बाबुराम भट्टराईको नयाँ शक्ति र तत्कालिन राजपासंग मिल्दा बनेको जसपा नेपाल फुुटकै श्रृंखलाका एक हिस्सा हुुन् । पार्टी विभाजनले यादवको व्यक्तिगत नभइ समग्र संगठनात्मक संरचनामा नै असर पारेको पृष्ठभूूमीमा सम्पन्न एकता महाधिवेशनले यादवलाई पुन नेतृत्व तहमा पुु¥याएको छ । तर उनकै नेतृत्वमा भएका पार्टी एकीकरण लामो समय टिक्न नसक्नुु र नेतृत्व तहमा एकल नियन्त्रण कायम राख्नुुले गुुट उपगुट र यसले पार्टी फुटाउन सक्ने जोखिम कायमै रहेको विश्लेषण भइरहेका छन् ।


संविधानसभाको दुई वटा निर्वाचन र २०७४ को आम चुनावबाट लगातार सांसद भएका यादव २०७९ को निर्वाचनमा भने सप्तरी २ बाट मधेसको नयाँ शक्ति जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित हुुनपुुगे । तर पनि संसद प्रवेश गर्ने हुुटहुुटीलाई यादवले बारा २ को उपनिर्वाचनबाट पुुरा गरे । र, प्रतिनिधिसभामा १२ सिटसहित उनी विभिन्न सत्तासमीकरण जोडिए । उपनिर्वाचन संसद प्रवेश गरेसंगै उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका यादवले गत बैशाखको अन्तिम सातामा पार्टीलाई फुुुटबाट जोगाउन मात्र सकेनन, पुुष्पकमल दाहाल नेतृत्वको सत्तागठबन्धनबाट बहिगर्मन भए । प्रतिनिधिसभामा १२ सिटसहित छैटो शक्ति जसपा नेपाल विभाजनसंगै प्रतिनिधिसभामा ५ सिटमा खुुम्चिदै प्रतिपक्षीमा धकेलिएको छ । त्यति मात्र होइन, नयाँ समीकरण अनुसार जनमत पार्टीले मधेस सरकारको नेतृत्व लिँदा जसपा नेपाल पहिलो पटक मधेस सरकारको नेतृत्वबाट अलग भएको छ । यसरी हेर्दा यादवमाथि चुनौती थपिँदै गएको टिप्पणी भएका छन् ।

आफू सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष भएपनि यादवलाई तत्कालका लागि सबैभन्दा ठूलो चुनौती पदाधिकारीसहित कार्यसमिति चयनमा देखिदैछ । महाधिवेशन सकेपनि उनले अझै आकाक्षीको व्यवस्थापन गरी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउन सकेका छैनन् ।  


प्रतिक्रिया