९ दिनदेखि एनएमसीका चिकित्सक आन्दोलनमा

जेष्ठ २२, २०७७ | काठमाडौं

एकलौटी रुपमा सम्झौता भएको भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) का चिकित्सकहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । 

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रक्रियामा सरकार उदासिन देखिएको भन्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको बैठकमा सहमति नभएपछि उनीहरुले बिहीबार पनि अस्पतालमा विरोध जारी राखेका हुन् । 

हातमा कालोपट्टी बाँधेर उनीहरु अस्पतालमै आन्दोलन गरिरहेका छन् । मन्त्रालयमा हिजो भएको सम्झौतामा आन्दोलनरत पक्षलाई समावेश नगरी एकलौटी रुपमा सहमति भएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलन यथावत रहने नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक डा. गुञ्जन खड्काले बताउनुभयो । 

कोभिड–१९ को संक्रमणसाग जुधेर काम गरिरहेका चिकित्सकमाथि हातपात हुादापनि दोषी कारबाहीको दायरामा नआउादा सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल गिरेको उहाँले बताउनुभयो । 

चिकित्सकहरुको विरोधका कारण अस्पतालको ओपीडी सेवा बन्द छ भने, अस्पताल प्रशासनमा लगाइएको ताला पनि अझै खुलाइएको छैन । ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात भएपछि विगत ९ दिनदेखि एनएमसीका चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । 

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही प्रक्रियामा अस्पताल प्रशासनले नै असहयोग गरेको भन्दै उनीहरुले प्रशासनमा तालाबन्दी गरेका हुन् । 

सम्बन्धित समाचार :

* एनएमसीका चिकित्सकमाथि भएको कुटपिटबारे छानबिन गर्न समिति गठन

* नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा प्रशासनमा तालाबन्दी

* एनएमसीका चिकित्सकद्वारा निर्देशक र उपनिर्देशकको राजीनामा माग

* चिकित्सकमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज गायब


प्रतिक्रिया