पर्वत अस्पतालमा दक्ष चिकित्सकको अभाव

असार १४, २०७८ | पर्वत

जिल्ला अस्पताल पर्वतमा दक्ष जनशक्ति अभाव भएपछि उपचार सेवा प्रभावित भएको छ । उपलब्ध भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको हिसाबले पहिलो स्थानमा रहेको पर्वत अस्पतालमा दक्ष जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको हो । 

गत वर्ष गण्डकी स्वास्थ्य निर्देशानलयले गरेको मूल्यांकनमा अन्य ११ जिल्ला अस्पतालको तुलनामा पर्वत पहिलो स्थानमा रहन सफल भएको हो । दक्ष चिकित्सक उपलब्ध गराईदिन सरकारसँग पटकपटक माग गरेपनि सुनुवाई नभएको पर्वत अस्पताल व्यस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । 

पर्वत अस्पतालमा सर्जरी, डिजिटल एक्स–रे, प्रयोगशाला सेवा, डायलासिस, अक्सिजन प्लान्ट, आईसीयू र भेंटिलेटर सेवा, संकट कोष स्थापनाको लागि गरिब मानिस, विशेषज्ञ डाक्टरको सेवा, आधुनिक अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा छ । 

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावका कारण उपचार सेवा प्रभावित हुँदा सेवाग्राहीले समस्या खेप्नु परेको अस्पतालका डा.डीबी क्षेत्रीले बताउनुभयो । 

सुशासन र व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन, र अस्पताल सहायता सेवामा समावेश भएको पर्वत अस्पतालमा हाल ८ जान चिकित्सको भरमा छ । १५ बाट ५० शय्यामा रुपान्तरण हुने चरणमा रहेको अस्पातलमा जनशक्ति व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ ।


प्रतिक्रिया