धनकुटामा विद्यार्थीमा हात्तीपाइलेको परजीवी परीक्षण गरिने

पुस २, २०७८ | धनकुटा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनकुटाका १ सय ३ वटा विद्यालयका बालबालिकामा हात्तीपाइले रोगको परजीवी परीक्षण गर्ने भएको छ । 

जिल्लामा नौ चरणसम्म औषधि खुवाइसक्दा पनि हात्तीपाइले रोग निवारण नभएपछि मन्त्रालयले धनकुटामा सञ्चालित १ सय ३ वटा विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकाको नमूना परीक्षण गर्न लागेको हो । 

सामान्यतया ६ पटकसम्म औषधि वितरण गरेपछि हात्तीपाइले रोग निवारण भएको मानिने विश्व स्वास्थ्य संगठन डब्लूएचओको मान्यता छ । तर, धनकुटामा भने नयाँ संक्रमित भेटिने क्रम नरोकिएपछि हात्तीपाइले रोग विरुद्धको औषधि नौ चरणसम्म खुवाइसकिएको छ । 

यही पुुषको दोस्रो साताबाट विद्यालयका बालबालिकामा हात्तीपाइले रोगको पहिचानका लागि नमूना परीक्षण सुुरु गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया