डेगु संक्रमणबाट संखुवासभामा एकको मृत्यु

असार २३, २०७९

डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका ५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा ५६ बर्षीया न्यौपानेको आज मृत्यु भएको डा पंकज गुप्ताले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । 

खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो । उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाई हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया