थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश्विन १२, २०७९

नेपालमा पछिल्लो पटक थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १८ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् । 

यस्तै थप ५३ जना निको भए संगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार २ सय २२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमण कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ । देशभरका विभिन्न अस्पतालमा गरि ५२ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया