अर्बुद रोग निवारण संस्थाले क्यान्सर बारे सचेतनामूलक कार्यक्रम गर्ने

माघ ४, २०७९ | तिलोत्तमा

नेपाल अर्बुद रोग निवारण संस्थाको रुपन्देही शाखाले विश्व क्यान्सर दिवसमा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । बुधबार जिल्ला सभापति खिमबहादुर हमालको सभापतित्वमा बसको बसेको बैठकले विश्व क्यान्सर दिवसका (फेब्रुअरी ४ मा) दिन क्यान्सर रोग बारे सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । 

क्यान्सर रोगबारे सचेतना फैलाउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, राजनीतिक दलका जिल्ला स्तरीय नेतृत्व, स्वास्थ्यकर्मी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, युवा विद्यार्थी, स्वयंसेवी सस्थाको सहभागीतामा यही माघ २१ गते बुटवलको मिलनचोकमा प्लेकार्ड फ्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । 

यस्तै, बैठकले कार्यत्रमको संयोजनका लागि उपसभापति बीना न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको छ । साथै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरुप जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई माघ ५ गते ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरेको छ । 

बैठकमा उपसभापति सुरेन्द्र प्रसाद श्रेष्ठ, सल्लाहकार निर्मल प्रसाद लाकौल, मधुसूदन गैरे, हरिप्रसाद अर्याल, बाबुराम विक, सुरेन्द्रमुनी शाक्य, पुनम पौडेल, उमादेवी थापा, चोला प्रसाद पाठक, इन्दिरा पाण्डे, रमेश पराजुली, निमा थारु लगायतले धारणा राख्नुभएको जिल्ला सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया