बर्दियाको भुरीगाउँमा २४ सै घण्टा स्वास्थ्य सेवा संचालन

फाल्गुन २८, २०७९ | बर्दिया

बर्दियाको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा पहिलो पटक ईमरजेन्सी सहित २४ घण्टा सेवा उपलब्ध भएको छ । ठाकुरबाबा नगरपालिकाको छैठौं स्थापना दिवस पारेर आजदेखि भुरीगाउँमा २४ घण्टा ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

सेवाको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले उद्घाटन गर्नुभयो । दैनिक विरामी जाँच, आकस्मिक बिरामी जाँच, बहिरङ्ग सेवा, प्रयोगशाला, सिकलसेल, लगायतको उपचार हुने नगरपालिका प्रमुख लम्सालले बताउनुभयो ।

यस बाहेक भिडियो एक्सरे, रेविज विरुद्धको एमआरभी भ्याक्सिन, इजीजी सेवा सञ्चालनमा आएको छ । सरकारबाट प्राप्त हुने निःशुल्क औषधि वितरण तथा मानसिक स्वास्थ्य, मनोपरामर्श सेवा रहेको छ । यस अस्पतालमा दुई जना एमबीबिएस डाक्टरसहित स्वास्थ्यकर्मीले सेवा सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया