अर्घाखाँची अस्पतालमा कुपोषण र आँखा बहिरंग सेवा बिस्तार

चैत्र २२, २०७९ | अर्घाखाँची

अर्घाखाँची जिल्ला अस्पतालले कुपोषित बालबालिकालाई लक्षित गरी उपचार केन्द्र र आँखाको बहिरंग सेवा बिस्तार गरेको छ । अब दैनिक बिहान १० देखि ४ बजेसम्म आँखाको उपचार पनि अस्पतालमै हुने भएको छ । बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा धाउनु पर्ने बाध्यता अन्त्य गर्न उपचार केन्द्र र आँखाको बहिरंग सेवा बिस्तार गरिएको अस्पतालले जनाएको छ ।

कुपोषणको समस्या भएका बालबालिकालाई चिकित्सकबाट स्वास्थ्य उपचारसँगै पोषण, भिटामिन उपलब्ध गराईने अस्पताल प्रशासनले जनाएको छ । अहिले सामान्य उपचार जिल्ला अस्पतालै हुने भएकोले सर्वसाधारणलाई सहज भएको अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले बताउनुभयो । उपचारसँगै पोषण उपलब्ध गराउने, तौल, उचाई हेर्ने काम पनि हुने उहाँले जानकारी दिनुभयो । यस्तै, सन्धिखर्क नगरपालिकाले जिल्ला अस्पताललाई एउटा शव बाहन पनि उपलब्ध गराएको छ । 


प्रतिक्रिया