५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन मन्त्रालयको आग्रह

वैशाख ३०, २०८० | काठमाडौं
नियमति खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि खोप लगाउने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।
दादुरा, क्षयरोग, पोलियो लगायतका विभिन्न १३ प्रकारका खोप जन्मेको १५ महिनाभित्र लगाउनुपर्ने प्रावधान छ । सो समयमा खोप लगाउन छुटेका बालबालिकालाई ५ वर्ष उमेर भित्र खोप लगाउनुपर्ने चिकित्सक बताउछन् । कतिपय रोगको उन्मुलनका लागि समेत खोप लगाउन अनिवार्य गरिएको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बालबालिकालाई खोप नछुटाउन आग्रह गर्नुभएको छ ।