११ महिनादेखि तलब नपाएपछि कालिकोटका स्वास्थ्यकर्मी धर्नामा
जेष्ठ १४, २०८० | कालिकोट
कालिकोटको रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मी ११ महिनादेखि तलब भत्ता नपाएपछि धर्ना बसेका छन् ।
नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा काम गर्दै आएका स्वास्थ्यकर्मीले साउन यताको तलब, चाडपर्व र पोशाक भत्ता नपाएको गुनासो गर्दै गत विहीबारदेखि धर्ना बसेका हुन् ।
स्थायी स्वास्थ्यकर्मी दरबन्दी मिलान र समायोजनबाट रास्कोट आएर काम गरिरहेको भए पनि ११ महिनादेखि तलबभत्ता नपाएकाले धर्नामा बस्नु परेको जनस्वास्थ्य निरिक्षक देवेन्द्र शाहीले बताउनुभयो ।
उनीहरुले नियमित तलब भत्तालगायतका सुविधा पाउनुपर्ने माग राख्दै नगरपालिकालाई जेठ ८ गते लिखितरुपमा जानकारी दिदै धर्नामा बस्ने घोषणा गरेका थिए ।