दश प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने : मन्त्री बस्नेत

जेष्ठ १९, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताउनु भएको छ । अस्पतालको अनुगमनपछि मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरूको नि:शुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताउनु भएको हो ।

मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिंदाको सम्झौता अनुरुप १० प्रतिशत नि:शुल्क उपचार गर्न निर्देशन पनि दिनुभयो । भौतारिदा भौतारिदै बिरामीले थप पीडा पाउने व्यवस्था हटाउने उहाँको भनाई थियो ।

नि:शुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले सोही अनुरुप हेर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्नु भएको छ । 


प्रतिक्रिया