मापदण्ड विपरीत सञ्चालित रामग्रामका दुई औषधि पसल शिल

असार २७, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको रामग्राममा मापदण्ड विपरीत सञ्चालित दुई वटा औषधि पसलमा शिल गरिएको छ । अनुगमनका क्रममा रामग्राम नगरपालिका–१८ मा रहेको प्रवेश उपचार केन्द्र र परासीस्थित सन मेडीको औषधि पसल मापदण्ड विपरीत सञ्चालन गरिएको भेटिएपछि शिल गरिएको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताउनुभयो । 

ग्रामीण भेगमा बिना इजाजत र आवश्यक प्रकृया पूरा नगरी औषधि पसल सञ्चालन गरेको जनगुनासो बढेपछि रामग्राम नगरपालिका, घरेलु तथा साना उद्योग र जिल्लास्थित अनुगमन समितिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । अनुगमन समितिले माग गरे अनुरुप कागजपत्र उपलब्ध गराउन नसकेपछि शिल गरिएको प्रशासनले जनाएको छ । 

शिल भएका औषधि पसललाई आवश्यक प्रकृया पूरा गरेर सम्बन्धित कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । साथै अनुगमनका क्रममा नवीकरण नभएका पसललाई नवीकरण गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिनुभयो । 


प्रतिक्रिया