वीपी प्रतिष्ठानमा निशुल्क डेंगी क्लिनिक सञ्चालन

श्रावण २, २०८० | सुनसरी

डेंगी रोगको प्रकोप फैलिएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगी क्लिनिक सञ्चालनमा ल्याएको छ । सर्वसाधारण बिरामीलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानले अलग्गै डेंगी क्लिनिक सञ्चालनमा ल्याएको हो ।

क्लिनिकमा बिरामीहरुलाई निःशुल्क परीक्षण लगायत चिकित्सकको उपचार सेवा उपलल्ध गराउने व्यबस्था गरिएको प्रतिष्ठानले जनाएको छ । निजी अस्पतालमा डेंगीको परीक्षण शुल्क मात्र १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरेको पाइएकोमा प्रतिष्ठानको डेंगी क्लिनिक मार्फत निशुल्क उपचारले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत पुग्ने अस्पताल प्रशासन प्रमुख अशोक शाहले बताउनुभयो । धरान उपमहानगरपालिकासँगको सहकार्यमा डेंगी क्लिनिक सञ्चानलमा आएको हो । 


प्रतिक्रिया