धरानमा २४९५ जनामा डेंगी संक्रमण

श्रावण १६, २०८० | सुनसरी

धरानमा उपमहानगरपालिकामा २ हजार ४ सय ९५ जनामा डेंगी पुष्टि भएको छ । ४ हजार २ सय १८ जनामा परीक्षण गर्दा सो संख्यामा डेंगी पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

परीक्षण गरीएका मध्ये ५९ प्रतिशतमा डेंगी संक्रमण पाइएको उहाँले बताउनुभयो । हालसम्म डेंगी संक्रमणका कारण धरानमा मात्र ८ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । मुलुकभर ५ हजार ६ सय ८८ जनामा डेंगी पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 विभिन्न १० जिल्लामा डेंगी संक्रमण तीब्र बनेको छ । सबैभन्दा बढी सुनसरीमा डेंगी पुष्टि भएको छ । त्यस्तै धादिङ, कास्की, दार्चुला, काठमाण्डौं, संखुवासभा, म्याग्दी, मोरंग, कञ्चनपुर र झापामा डेंगी बढेको महाशाखाले जनाएको छ । 


प्रतिक्रिया