सुनसरीका आधा दर्जन बढी स्वास्थ्य संस्थालाई कारबाही

श्रावण १८, २०८० | सुनसरी

नियम विपरीत सञ्चालन गरिएका सुनसरीका आधा दर्जन बढी स्वास्थ्य संस्था कारबाहीमा परेका छन् । कुनै पनि निकायमा दर्ता नगरी ल्याब उपकरण र एक्सरे मेसिन राखेर बिरामीको उपचार गर्दै आएका ती संस्थालाई धरान उपमहानगरपालिका र राजस्व अनुसन्धान कार्यालयले कारबाही गरेको हो । 

धरान औषधालय, गार्जियन डाइग्नोष्टिक सेन्टर, मोर्डन डाइग्नोष्टिक सेन्टर, धरान मेडिकल, नेशनल डाइग्नोष्टिक सेन्टर लगायतलाई कारबाही गरिएको उपमहानगरले जनाएको छ । धरान औषधालयमा अनुमति नलिई ल्याब सञ्चालन गरेको र बिल बिजक समेत नराखेपछि ल्याबमा शिल गरिएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले जानकारी दिनुभयो ।


प्रतिक्रिया