अटिजम भएका बालबालिकालाई विशेष कार्यक्रम ल्याईदै

भाद्र ३०, २०८० | काठमाडौं

सरकारले अटिजम भएका बालबालिकालाई विशेष कार्यक्रम ल्याउने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएका बालबालिकाहरुको क्रियाकलापलाई सहयोग गर्ने विशेष कार्यक्रम ल्याउने तयारी भएको बताउनुभयो ।

सचिव अधिकारीले फरक क्षमता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकाले परिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले फरक क्षमता र दक्षता भएका व्यक्तिका लागि समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताउनुभयो । 


प्रतिक्रिया