देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा प्रभावित

भाद्र ३१, २०८० | काठमाडौं

चिकित्सक संघको विरोधका कारण देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरु प्रभावित भएका छन् । सेवा प्रभावित भएपछि उपचारका लागि गएका विरमीहरु अलपत्र परेका छन । मकवानपुरको हेटौंडा, स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा संघले देशभर आकस्मिक बाहेककाका सेवा ठप्प पारेको हो ।

सरकारले दोषीलाई कानुनी दायरमा नल्याएको भन्दै संघका अध्यक्ष अनिल विक्रम कार्कीले स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको बताउनुभयो । देशभरका स्वास्थ्य संस्थामा सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्किने उहाँको भनाई छ । चिकित्सकमाथि पटक—पटक आक्रमण हुँदा समेत सुरक्षामा सरकार गम्भिर नभएको उहाँको गुनासो छ ।

चिकित्सक लगायतका स्वास्थ्य कर्मीले स्वास्थ्य संस्था अगाडी धर्ना र प्रर्दशन गरेका छन् । उपचारका क्रममा बिरामीको मृत्युभएपछि आफन्तले अस्पतालका डा. प्रशान्त बिडारी र डा. विकास थापालाई गत बुधबार कुटपिट गरेका थिए । घटनाको विरोधमा मकवानपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीले निरन्तर विरोध गर्दै आइरहेका छन् ।


प्रतिक्रिया