लमजुङ अस्पतालको ओपिडी सेवा विस्तार

माघ २१, २०८०

बेंसीशहरमा रहेको लमजुङ अस्पतालले आजदेखि ओपीडी सेवा विस्तार गरेको छ । एक साता परीक्षणपछि अस्पतालले विहान ८ बजेदेखि साँझ ६ बजेसम्म दैनिक ओपीडी सेवा प्रदान गर्ने भएको हो । यसअघि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै सेवा प्रवाह हुँदै आएको थियो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आजदेखि थप ४ घण्टा ओपीडी सेवा विस्तार गरिएको बताउनुभयो । तिवारीका अनुसार नेपालमै सरकारी अस्पतालले ओपीडी सेवा विस्तार गरेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा विस्तार गर्नेमा लमजुङ अस्पताल तेस्रो बनेको छ । इमर्जेन्सी सेवा भने २४ सैँ घण्टा खुला रहेको उहाँको भनाइ छ ।


प्रतिक्रिया