नवलपरासीमा डेंगीबाट एक जनाको मृत्यु

भाद्र ४, २०८१

पुर्बी नवलपरासीमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाँउंपालिका ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्लामा अहिले सम्म २४ जनामा सो संक्रमणको पहिचान भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

जिल्ला भित्रका स्वास्थ्य संस्थामा परिक्षण गराएका मध्ये १३ जना पुरुष र ११ जना महिलामा रोग पुष्टि भएको छ । यसैबीच, गोरखामा एक महिनाको अवधिमा १ सय ५२ जनामा डेंगीको संक्रमण देखिएको छ । 

शहिद लखन गाउँपालिका–१ सेरावेसिमा गत साउन २९ गते १२ जनामा डेँगीको परिक्षण गराएकोमा ६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण वावु अर्यालले जानकारी दिनुभयो । 


प्रतिक्रिया