बर्दियामा ५३ स्वास्थ्य चौकी अवैध रुपमा सञ्चालनमा रहेको खुलासा

चैत्र १७, २०८१ | बर्दिया
बर्दिया सदरमुकाम गुलरियामा पालिका र लुम्बिनी प्रदेश स्वास्थ्य विभागबाट ईजाजत नलिई ५३ वटा पोलिीक्ल्निीक, फार्मेशी, प्याथोलोजित लगायत निजी अस्पताल अवैद्यरुपमा सञ्चालनमा रहेको पाईएको छ । ती मध्ये सबैभन्दा बढी वडा नम्बर ६ मा १९ वटा रहेको पाइएको छ ।
त्यस्तै ईजाजत र दर्ता प्रक्रिया पुरा नगरि करोड बढी लगानीमा सञ्चालनमा आएको सिटी अस्पताल गुलरिया रहेको पाईएको छ । गुलरिया नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख शिव कुमार चौधरीका अनुसार अवैद्यरुपमा सञ्चालनमा रहेबममध्ये ८ वटा भने नामै नभएका फार्मेशी रहेको पाइएको छ ।
गुलरिया नगरपालिका–११ गणेशपुरमा एक भारतीय नागरिकले ईजाजत नलिई क्लिीनिक खोलेको पाइएको उहाँले बताउनुभयो । नियमित अनुगमन नभएका कारण अवैद्यरुपमा औषधी पसल खोल्नेको संख्या बढ्दै गएको चौधरीको भनाइ छ ।