मेलबर्नमा एनआरएनए अस्ट्रेलियाको आफ्नै कार्यलय स्थापना

चैत्र २८, २०७७ | अस्ट्रेलिया

स्थापनाको एक दशकपछि एनआरएनए अस्ट्रेलियाले औपचारिक रुपमा आफ्नो पहिलो कार्यलय स्थापना गरेको छ । मेलबर्नमा शनिबारदेखि खोलिएको कार्यलयको केन्द्रीय सांसद पीटर खलिल र एनआरएनएका पुर्व अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभयो ।

विगत लामो समयदेखि आफ्नै कार्यलय स्थापना गरिनुपर्ने सदस्यको मागलाई सम्बोधन गर्दै आफुले कार्यलयन स्थापना गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । विगत लामो समयदेखि चुनावी समयमा एजेण्डाको विषय बन्दै आएको कार्यलय स्थापना गर्न सफल भएकोमा अध्यक्ष केशव कंडेलले खुशी ब्यक्त गर्नुभयो । कार्यलयको उद्घाटन गर्दै सांसद खलिलले अस्ट्रेलियास्थित नेपाली समुदायले बहुसांस्कृति देश निर्माणका लागि खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । पुर्व अध्यक्ष शेष घलेले एनआरएनले आफ्नै कार्यलय स्थापना गरेपछि यसले सामुदायिक रुपमा समेत अलग पहिचान स्थापना गर्ने र संस्थागत उद्देश्य राखेर स्थापित एनआरएनको बिकासमा अझ महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

एनआरएनएका अनुसार कार्यलय शुरुका समयमा स्वयंसेवी मार्फत समयमै खोलिने र केही समयपछि आफ्नै कर्मचारी राखेर सञ्चालन गरिने जनाएको छ । अध्यक्ष कंडेलले एनआरएनएको केन्द्रीय समितीले आधा र स्थानीय एनआरएनएले आधा खर्च ब्योहोर्ने सहमती भएको सुनाए । उनले यही सहमती अनुसार नै यसबर्षभित्रमा अन्य तीन राज्यमा समेत एनआरएनएको आफ्नै कार्यलय स्थापनको लक्ष्य रहेको बताए । कार्यलय उद्घाटनका लागि अस्ट्रेलियाका बिभिन्न राज्यबाट एनआरएनए प्रतिनिधी मेलबर्न पुगेका थिए । 


प्रतिक्रिया