१० औँ 'एनआरएन ग्लोबल सम्मेलन' आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुने

श्रावण ३, २०७८ | काठमाडौं

एनआरएन ग्लोबल सम्मेलन एवं साधारण सभा आगामी अक्टोबर २३–२५ मा आयोजना हुने भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले सम्मेलनको मिति तोकेको हो । आगामी निर्वाचन अनलाईन प्रणालीबाट हुने र निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत हटाइएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । यसअघि संघको केन्द्रिय महाधिवेशन दर्ता शुल्क प्रतिव्यक्ति २ सय डलर थियो ।

 यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो । बैठकले गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।


प्रतिक्रिया