भूपू गोर्खाको आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप

श्रावण २६, २०७८ | बेलायत

बेलायतमा रहेको भूपू गोर्खाहरुले विभिन्न माग गर्दै जारी राखेको आमरण अनसनमा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय समयअनुसार मंगलबार विहान साढे १० बजे लन्डन मेट्रो नगर प्रहरीले बल प्रयोग गरेर अनसनमा हस्तक्षेप गरेको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिनुभयो ।

 गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती समकक्षी सेना सरह समान पेन्सन, तलबभत्ता, सन् १९९७ अगाडि अवकास भएका सैनिकलाई क्षतिपूर्ति, ३० वर्षमाथिका सबै सन्तानहरूलाई सहजै आवासीय भिषा, मेडिकल सुविधा लगायतका मागहरू राखेर गत शनिबारदेखि टेन डाउनिङ स्ट्रिटमा रहेको बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन जारी राखेका छन् ।


प्रतिक्रिया