साउदी अरेबियामा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न

भाद्र ५, २०७८ | काठमाडौं

साउदी अरेबियामा रहेका नेपाली कामदारलाई लक्षित गरी आज अल–कासिममा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । नेपाली दूतावासको समन्वयमा गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुले राहदानी नविकरण, ट्राभल डकुमेन्ट, तथा राहदानी वितरण लगायतका सेवामा सहजीकरण गरिदिएका हुन् ।


 कार्यक्रममा दूतावासका तर्फबाट तारा खनाल, आनन्द सुबेदी, साथै स्थानीय कर्मचारी हेमन्त आचार्य लगायत रहेका थिए । सो क्रममा १ सय ४१ जनाले राहदानी नविकरण गरेका छन् । ३ जनाले, ट्राभल डकुमेन्ट र २६ जनाले नयाँ राहदानी वितरण सेवा  लिएका छन् ।  


प्रतिक्रिया