एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७८ | काठमाडौं

गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । निर्वाचन समितिले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन अनलाइनमार्फत हुने जानकारी दिएको हो ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली संकलनको काम भइरहेको समितिले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएको थियो । तर संघले निर्वाचन गर्न कुनै विवाद नरहेको भन्दै निर्वाचन मिति तोकेको हो । 


प्रतिक्रिया